काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकले चौदण्डीगढी नगरपालिका–८ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत दलित, जनजाति, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । नर्सरीदेखि कक्षा १० सम्मका १९१ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।
त्यस्तै, सिटिजन्स बैंक कालिकानगर शाखा बुटवलले मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो मौसममा न्यानो कपडाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदाविद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।


