काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ कायम रहेको छ ।यसैगरी एक यूरोको खरिद दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ । राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ र बिक्री दर १६८.२८ रुपैयाँ रहेको जनाएको छ ।
यसैगरी कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ ।


