काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले उनलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको हो ।
पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक लिमिटेड वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको छ ।


