काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार शेयर लगानीकर्ताको सुरक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री महतले धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन् ।
उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरे।
धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए।


