काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । हिजोको तुलनामा शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको छ ।
विहीबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


