काठमाडौं । सुनसरीमा भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद भएको छ।
सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको बताए । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।


