काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले थोरै प्रिमियममा बढी ‘रिक्स कभर’ हुने बिमा पोलेसी ल्याएको छ ।
उक्त पोलेसीको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन् ।
यो कम प्रिमियम भएको नयाँ बिमा पोलिसी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाशविक्रम खत्रीले जानकारी दिए । यो योजनाअन्तर्गत ४० हजार रुपैयाँ प्रिमियम तिर्ने बिमितको २५ लाख रुपैयाँसम्मको जोखिम बहन हुने उनले बताए । यो योजना नेपालको पहिलो योजना भएको उनले बताए ।


