काठमाडौं । विश्व बैंकले नेपाललाई १० अर्ब ६९ करोड ऋण दिने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ ।
यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।


