काठमाडौं । यही असार १३ गते स्टार्टअप वर्ल्ड कप नेपालको चौथो एडिसनको फाइनल प्रतिष्पर्धा हुने भएको छ । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।
स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडौंसँगको सहकार्यमा विश्वभरिका १०० देशहरूमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा आयोजना गरेको हो ।
। नेपालको वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत् स्टार्टअप वर्ल्डकप नेपाल भित्र्याएको हो । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपमध्येबाट असार १३ गते नेपाल च्याम्पियन छानिने स्टार्ट वर्ल्डकप नेपालका अध्यक्ष डा.शम्भु पोखरेलले बताए ।
स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रूपमा जिल्ला समन्वय समिति काठमाडौं रहेको समिति प्रमुख सन्तोष बुढाथोकीले बताए । त्यस्तै अन्य सह(आयोजकहरूमा आइसिटी एसोसियसन नेपाल र रोबोटिक एसोसियसन नेपाल लगायतका यस क्षेत्रमा कार्यरत संगठनहरू रहेका छन् ।
स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ बराबर लगानी पुरस्कार पाउने उनले बताए ।
‘