काठमाडौं । कलाकार कृष्णप्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले निर्माण गरेको लघु चलचित्र “एप्रोन” हेलम्बु गाँउपालिका वडा ४ मा अवस्थित ईष्टपोईन्ट एकेडेमीमा पहिलो सार्वजनिक प्रदर्शन गरिएको छ ।
हाम्रो सामाजिक वातावरणले बालबालिकाहरुको मनोविज्ञानमा कसरी प्रभाव पार्छ , हामीले विद्यालय या घरमा गर्ने ब्यवहार बाट बालवालिकाहरुमा कसरी परिवर्तन आउछ र सकरात्मक वातावरणले उनीहरुको सोचमा कसरी परिवर्तन आउछ भन्ने लगायतका विषय फिल्म रहेको निर्देशक धितालले जानकारी दिए ।
फिल्म प्रदर्शनी पश्चात् विद्यालयका प्रधान्याध्यापक दामोदर भारतीले फिल्मले विद्यार्थी भाईवहिनीहरुमा सकरात्मक सन्देश गएको बताए । सिन्धुपाल्चोक जिल्लामा गत एसईई रिजल्टमा जिल्लाका उत्कृष्ट १० विद्यार्थी मध्ये ५ जना यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु थिए ।
भुकम्प ,मेलम्ची बाढी लगायत प्राकृतिक प्रकोपबाट प्रताडित रहेको यस विद्यालयबाट नै फिल्म प्रदर्शनीको शुरुआत गर्ने योजनाका साथ पहिलो शो शुरु गरिएको धितालको कथन छ । फिल्म प्रदर्शनीमा करिब ४ सय विद्यार्थीहरुको उपस्थित रहेको थियोे यस फिल्मलाई स्थानीय तह , निजी संघ ,संस्था विद्यालयहरु संग सहकार्य गरि बागमती प्रदेश भरि प्रदर्शन गर्ने योजना रहेको धितालले जानकारी दिए ।
चलचित्र एप्रोन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय संचार रजिस्ट्रारको कार्यलयबाट प्रोत्सान स्वरुप सहकार्यमा निर्माण गरिएको हो । यस चलचित्र नेपाल क्यानडा फिल्म फेस्टिबलमा समेत छनोट भएको थियोे ।।