काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउन आफू लागि परेको बताएका छन् ।
मन्त्री पौडेलले आइतबार आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी गराए ।
बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने पौडेलले बताए । हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।