काठमाडौं। वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।
भोटोजात्राको अवलोकनका लागि उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएपछि भोटो देखाउने चलन छ।


