काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन्। उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा त्यता गएका हुन् ।
अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। उनी शनिबार स्वदेश फर्किने छन्।


