काठमाडौं । हप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंक ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज दिउँसो बैंकका उच्च पदाधिकारीहरूले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।