काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले साढे ६ प्रतिशत बोनस र १९ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पनि स्वीकृत गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।


