काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दावी गरेका छन् ।
मन्त्री पौडेलले मंगलबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा यस्तो बताएका हुन् ।
‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो’, अर्थमन्त्री पौडेलले भने, ‘एमाले नेतृत्वको सरकारले गरेको हो ।’


