काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार विहीबार भने घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटेको हो।
आज १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ५० स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो । १३ वटा समूहको उपसूचक घट्दा ३ वटाको मात्रै बढ्यो। डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहका उपसूचक सकारात्मक देखिएका हुन्।


