काठमाडौं । गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।


