काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ रहेको छ भने एक युरोको खरिदमूल्य १४३।.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ कायम भएको जनाएको छ ।
यसैगरी एक स्टर्लिङको खरिदमूल्य १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ रहेको छ। एक अष्ट्रेलियन डलरको खरिदभाउ ८७।.२२ रुपैयाँ छ भने बिक्रीदर ८७.६१ रुपैयाँ छ।
त्यसैगरी यस दिन एक साउदी अरेबियन रियालको खरिददर ३६.०१ रुपैयाँ र बिक्रीदर ३६.१७ रुपैयाँ, कतारी रियालको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, यूएई दिरामको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ तोकिएको छ।


