काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको हो ।
आज ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।
आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ । आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।