काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता कमजोर बनाउने कुनै पनि कदम माओवादीलाई स्वीकार्य नभएको बताएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले आइतबार प्रेस सेन्टर रोल्पाको अधिवेशनलाई लिवाङमा सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले उनले संविधान तथा कानुनले दिएको आदेश नमान्ने र आफ्नो हठ देखाउने राजनीतिक दल र नेता सिद्धिने बताएका हुन्।
‘जसले हठ गर्छ, त्यो नेता सिधिन्छ र पराजित हुन्छ। जुन पार्टीले हठ गर्छ, पार्टी पनि सिद्धिन्छ। २०६२/६३ को आन्दोलन पछिको अवस्था हेर्दा २० वर्ष एउटै व्यवस्था कायम छ। सहरी इलाकामा नयाँ-नयाँ मेयर आए। देशभरि पुराना राजनीतिक दलहरूमाथि प्रश्न उठ्न थाले,’ उपमहासचिव पुनले भने।


