काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अब अनुमति लिएका कम्पनीमार्फत मात्रै घरजग्गा किनबेच गर्न मिल्ने गरी सरकारले चाँडै कानून कार्यान्वयनमा ल्याउने बताएका छन्।
मन्त्री पौडेलले शुक्रवार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे। उनले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको उल्लेख गरे। उनले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताए।
अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकूल कानून संशोधन आवश्यक रहेको धारणा राखे।


