काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ भने एक युरोको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ।