काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त उपाध्यक्ष पदमा अध्यक्ष ध्रुव आचार्य नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राखेपको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीको अध्यक्षको रूपमा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका छन् ।