काठमाडौं । सोमबार शेयर बजारमा झिनो अंकले बढेको छ । आज नेप्से ६.७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलब ९९ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ६ अर्ब ५७ करोड ४ लाख रूपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ११८ कम्पनीको शेयर मूल्य बढ्दा ११७ को घटेको छ भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा एक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०५ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३२५ रुपैयाँ पुगेको छ ।
आज रिभर फल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।


