काठमाडौं । हिउँदे अधिवेशन भोलिबाट सुरु हुने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिए ।
प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, भने ।
केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ ।


