काठमाडौँ । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्रीे अनुमति दिएसकेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ ।


