काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार आजका लागि एक अमेरिकी डलरको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३८ पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६८ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ३७ र बिक्रीदर चार सय ५० रुपैयाँ ३२ पैसा छ।


