काठमाडौं । आगामी फागुन २२ गतेदेखि क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ ।
अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ ।