काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।


