काठमाडौं । नेपाली बजारमा ३ दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँमै कारोबार भइरहेको छ। गएको शुक्रबार र आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।