काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले देशको अर्थतन्त्रमा योगदान पुर्याउने काम गर्न आग्रह गरेका छन् । उनले सोमबार नागरिक लगानी कोषको सम्पन्न ३५औं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।
कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनको जोड छ ।
आमनागरिकलाई कसरी कोषमा आबद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उनले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताए ।