काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू कसैसँग नझुक्ने दृढता ब्यक्त गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ६ बुँदे व्यख्यासहित उनले सरकार, प्रधानमन्त्री, एमाले महासचिव र महानगरकै उपमेयरमाथि आक्रोश पोखेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरू विकासको साझेदार रहेको स्पष्ट पारेका छन्। उनले महानगरमाथि नाकाबन्दी लगाए पनि आफूहरू भ्रष्टाचारविरोध रहेको उल्लेख गरेका छन्।