काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज जारी गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३८ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ५० पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य १५१ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य १५२ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ । यसैगरी आइतबारका लागि एक युके पाउन्ड स्टर्लिङको खरिदमूल्य १७९ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १८० रुपैयाँ ५३ पैस तय गरेको छ ।
अस्ट्रेलियन डलर १ को खरिदमूल्य ८७ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ, क्यानेडियन डलर १ को खरिदमूल्य ९६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर १ को खरिदमूल्य १०४ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिदमूल्य नौ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन १ को खरिदमूल्य १९ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल १ को खरिदमूल्य ३७ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य ३७ रुपैयाँ २० पैसा, कतारी रियाल १ को खरिदमूल्य ३८ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य ३८ रुपैयाँ २७ पैसा कायम भएको छ।