काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३९ रुपैयाँ ०९ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ
भने एक युरोपियन युरोको खरिदमूल्य १५० रुपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रुपैयाँ ६६ पैसा तोकेको छ ।
यसैगरी आजका लागि एक यूके पाउन्ड स्ट्रलिङको खरिदमूल्य १७९ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य १७९ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ ।
यस्तै शुक्रबारका लागि एक स्वीस फ्र्यांकको खरिदमूल्य १५६ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अस्ट्रलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ २५ पैसा तोकिएको छ ।