काठमाडौं । साताको पहिलो बारोबार दिन आएतबार सेयर बजारमा पहिरो गएको छ । आज सेयर कारोबार मापक परिसूचक (नेप्से) ४६.३३ अंकले घटेको हो ।
आज १ लाख १२ हजार ३४७ पटकको किनबेचबाट १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच भए ।