काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि १० अंकले घटेको छ । आज पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको सेयर कारोबारमा १४५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से घटे पनि आज वित्त, होटेल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने बढेको छ । म्युचुअल समूहको परिसूचक आज स्थिर रह्यो भने अन्य सबै समूहको परिसूचक घट्यो ।