काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३८ रूपैयाँ ७० पैसा र बिक्रीमूल्य १३९ रूपैयाँ ३० पैसा कायम गरेको छ भने एक युरोपियन युरोको खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसा निर्धारण गरेको छ।
यसैगरी आजका लागि एक यूके पाउन्ड स्टर्लिङको खरिदमूल्य १७९ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १८० रूपैयाँ तोकेको छ ।
सोमबारका लािग एक अस्ट्रेलियन डलरको खरिदमूल्य ८७ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८७ रूपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै एक क्यानेडियन डलरको खरिदमूल्य ९६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ९६ रूपैयाँ ८७ पैसा तोकिएको छ ।


