काठमाडौं । आज एकैदिन संघीय संसद्अन्तर्गतका पाँच विषयगत समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
सोही समयमा नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गरिनेछ ।
संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै छ । बैठकमा विश्वव्यापी आवधिक समीक्षाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ ।
राष्ट्रियसभाअन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।


