काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको दाबी गरेका छन्।
पार्टीसम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै उनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे।
ओलीको चरित्रबारे लामो चर्चा गर्दै पुनले सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओली तर्साउन खोजेको बताए । पुनले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेता आरजु राणा देउवालाई लगाउँछु भन्दै तर्साएको दावी गरे ।


