काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओलीको नेतृत्वमा बनेको शक्तिशाली सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा यस्तो टिप्पणी गरेका हुन् । सरकारले एक वर्ष खेर फ्याँकेकाले अब गम्भीर समीक्षा हुनुपर्नेमा थापाले बताएका छन्। । आवश्यक परे मन्त्रीहरू फेरेर भए पनि सरकारको प्रभावकारिता बढाउनुपर्ने सुझाव उनले दिएका छन् ।


