काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा नबोल्न चेतावनी दिएका छन् ।
उनले आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले केही नेताहरूतिर इंगित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिँडेकोसमेत टिप्पणी गरेका छन् ।
ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग करिब २ घण्टा लामो संवाद गरेका थिए ।


