काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाप्रति लक्षित गर्दै हस्ताक्षर तीन करोडभन्दा माथि चाहिँ नपुगोस् भन्दै तीखो प्रहार गरेका छन् ।
कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
सहकारी ठगी प्रकरणमा रविविरुद्ध अदालतले गरेको आदेशलाई लिएर रास्वपाले गरिरहेको हस्ताक्षर अभियानप्रति ओलीले आपत्ति जनाए ।
‘कसैले अपराध गरेमा थुन्ने कि नथुन्ने भन्ने कुरा अदालतको हो, सरकारको होइन’, उनले भने, ‘उनलाई अदालतले थुन्यो, सरकारले होइन। तर अहिले उनका समर्थकहरू मलाई नै गाली गर्छन्। उनलाई मैले नै राजनीतिमा ल्याएर गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत बनाएको थिएँ ।’


