काठमाडौं नेकपा (बहुमत) निकट अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हडतालका कारण आज शैक्षिक संस्था बन्द भएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक संस्था हडतालको घोषणा गरेको हो। कतिपय विद्यालयले खबर नगर्दा स्कुल पुगेका बालबालिका फर्किएका छन्।


