काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले आफ्नो पार्टी र नेकपा एमालेबीच एकताको कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले शुक्रबार वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानसँग एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो प्रष्टीकरण दिएका हुन् ।
‘सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको सम्भावना छैन । अहिले यो बिन्दुमा उभिएर भन्दा एमालेसँग एकता हुँदैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ । त्यसप्रति लसपस कसैको भए, आशा, अपेक्षा ज्यादा भए मैले भन्नु केही छैन’ नेपालले भने ।


