काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य राजनीतिक दलभन्दा आफ्नो पार्टीको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको तर्क गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले सोमबार पार्टी कार्यालयमा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गरे ।


