काठमाडौं । आज देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
अहिले बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


