काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
भारत र चिनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका थिए।
उनीहरूले ‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भूमि हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए।


