काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अहिलेको संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको प्रणालीमा जानुपर्ने बताएका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो धारणा ब्यक्त गरेका छन् ।
‘प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा छ । यसमा सबै जातजाति, भाषाभाषिलाई समेत समावेश गरेर पूर्ण समानुपाति बनाउनुपर्यो,’ सापकोटाले भने, ‘वर्गीय, क्षेत्रीय, लैंगिकका कुरा साथै वित्तिय क्षेत्रका कुरा पनि आउन थालेको छ । अहिलेको निर्वाचन प्रणाली यति धेरै खर्चिलो छ ।’


