काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनैपर्ने जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार अखिल (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा यस्तो माग गरेका हुन् । उनले प्रचण्डले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक संसदीय समितिमा रोकिएको आरोप लगाए ।
उनले विद्यालय शिक्षा विधेयक पारित र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए शिक्षा क्षेत्रका ९० प्रतिशत समस्या हल हुने बताए । संविधानको मर्म अनुसार ऐन बन्न नसक्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।


